• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunapationline
  • गृह
  • मुख्य
  • समाचार
  • पर्यटन
  • विचार / ब्लग
  • चलचित्र
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • मुख्य
  • समाचार
  • पर्यटन
  • विचार / ब्लग
  • चलचित्र
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
No Result
View All Result
Sunapationline
No Result
View All Result
Home खेलकुद

तेस्रो सुनापति गाउँपालिका अध्यक्ष कप २०७८ सम्पन्न लिखु तामाकोशिले हात पार्यो प्रथम उपाधी

सुनापति अनलाइन by सुनापति अनलाइन
March 24, 2022
in खेलकुद, मुख्य समाचार
0
तेस्रो सुनापति गाउँपालिका अध्यक्ष कप २०७८ सम्पन्न लिखु तामाकोशिले हात पार्यो प्रथम उपाधी
8
SHARES
Share on FacebookShare on Twitter

०९ चैत्र २०७८ रामेछाप- रामेछापको सुनापति गाउँपालिकामा आयोजित “तेस्रो सुनापति गाउँपालिका अध्यक्ष कप २०७८” सम्पन्न भएको छ। चैत्र ८ गते मंगलबार कार्यक्रमको समापन भएको हो।सुनापति खेलकुद विकास समितिको अध्यक्ष गोबिन्द घिमिरेको सभाध्यक्षमा संचालन भएको कार्यक्रम समापन समारोहमा बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रि रत्न ढकाल प्रमुख अतिथिको रुपमा उपस्तिथी भएका थिए।त्यस्तै समापन समारोहमा सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामा बिशेष अतिथिको रुपमा उपस्थित भएका थिए भने अतिथिहरुमा सुनापति गाउँपालिकाकि उपाध्यक्ष गीता बिष्ट, प्रमुख प्रशासकीय अधिकृत कमल राज श्रेष्ठ,सुनापति गाउँपालिका वडा न. १ का वडा अध्यक्ष चन्देश्वर चौलागाईं, वडा न. २ का वडा अध्यक्ष कमल कुमार केसी, वडा न. ३ का वडा अध्यक्ष बाबुराम तामाङ,वडा न. ४ का वडा अध्यक्ष खड्ग घिसिङ,वडा न. ५ का वडा अध्यक्ष ठुलो कान्छा तामाङको उपस्थिति रहेको थियो।

समापन समारोहमा बोल्दै मन्त्रि ढकालले सुनापति गाउँपालिकालाई खेलकुद विकासकालागि कवड हल र व्यवस्थित खेल मैदान निर्माणकोलागि बजेट बिनियोजन गर्ने प्रतिबद्दता जनाएका छन।साथै खेल क्षेत्रको विकास र खेलाडीहरुलाई प्रोत्साहित गर्नकोलागि आफुले सकेको सहयोग गर्ने समेत बताए।सुनापती गाउँपालिका अन्तर्गतको सुनापती खेलकुद बिकास समितिद्वारा आयोजित जिल्लास्तरिय अन्तरपालिका “तेस्रो सुनापती गाउँपालिका अध्यक्ष कप-२०ए७८” पुरुष भलिबल र महिला/पुरुष डबल ब्याटमिन्टनतर्फको खेलमा रामेछाप जिल्लाको ६ गाउँपालिका र २ नगरपालिकाले सहभागी जनाएका थिए। जस्मा ‘ पोल A’ बाट दोरम्बा गाउँपालिका,मन्थली नगरपालिका,रामेछाप नगरपालिका,गोकुलगङ्गा गाउँपालिका सहभागी भएका थिए त्यस्तै ‘पोल B’ बाट सुनापती गाउँपालिका,खाँडादेवी गाउँपालिका,उमाकुन्ड गाउँपालिका र लिखु तामाकोशी गाउँपालिका,मन्थली नगरपालिका सहभागी भएका थिए।

पोल A र पोल B को पहिलो लिग चरणबाट मन्थली नगरपालिका, दोरम्बा गाउँपालिका र सुनापती गाउँपालिका र उमाकुन्ड गाउँपालिका नक आउट भएका थिए र सेमि फाइनल चरणबाट खाडादेबी गाउँपालिका र रामेछाप नगरपालिका बाहिरिए संगै पुरुष भलिबलतर्फ खेलको चौथो चैत्र ८ गते फाइनल चरणमा ‘पोल A’ बाट गोकुलगङ्गा गाउँपालिका र ‘ पोल B’ लिखु तामाकोशी गाउँपालिका बिच प्रतिस्पर्धा भएको थियो। लिखु तामकोशी गाउँपालिका र गोकुलगङ्गा गाउँपालिका बिचको खेलको पहिलो सेटमा (२८-२६),दोस्रो सेटमा (२२-२५)तेस्रो सेटमा (२२-२५) र चौथो सेटमा (२५-१५) गरि तीन सेट जितेर लिखु तामाकोशिले प्रथम उपाधी हात पारेको छ।त्यस्तै गोकुलगङ्गा गाउँपालिका दित्तीय स्थान र रामेछाप नगरपालिकाले तृतीय स्थानसँगै खाँडादेवी गाउँपालिकाले सान्त्वोना पुरस्कार हात पार्न सफल भएको हो।प्रथम स्थान हासिल गर्ने लिखु तामाकोशिले २ लाख नगद पुरस्कारसहित ट्रफी र मेडल प्राप्त गरेको छ। दित्तीय पुरस्कार गोकुलगङ्गा गाउँपालिकाले १ लाख नगदसहित ट्रफी र मेडल प्राप्त गरेको छ।

तृतीय पुरस्कार रामेछाप नगरपालिकाले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गरेको छ। त्यस्तै सान्त्वोना पुरस्कार २५ हजार नगद खाँडादेवी गाउँपालिकाले प्राप्त गरेको हो।उक्त खेलमा भलिबल तर्फको फाइनल खेलमा सर्वत्कृष्ट खेलाडीमा अल्विन थापा मगर, उत्कृष्ट सेटर खेलाडीमा प्रेमध्वज तामाङ, उत्कृष्ट डिफेन्डर खेलाडीमा माइकल आले मगर, उत्कृष्ट सर्भरमा शेर बहादुर मगर,उत्कृष्ट प्रशिक्षकमा मनोज कुमार माझी छनोट भएका छन।

महिला तर्फको ब्याटमिन्टन फाइनल खेलमा दोरम्बा गाउँपालिकाले मन्थली नगरपालिकालाई सोझो सेटमा फराकिलो अन्तरले हराउँदै प्रथम उपाधी हात पारेको छ।त्यसैगरी पुरुषतर्फ ब्याटमिन्टन खेलमा मन्थली नगरपालिकाले एक सेट जितेको छन भने खाँडादेवी गाउँपालिकाले दुइ सेट जितेर प्रथम उपाधी हात पारेको छ। उत्त ब्याटमिन्टन खेलमा महिलामा संगीता तामाङ र पुरुषमा तेज बहादुर खत्री उत्कृष्ट खेलाडीको रुपमा छनोट भएका छन।

Share3Tweet2Share1
Previous Post

तेस्रो सुनापती गाउँपालिका अध्यक्ष कप-२०७८ को तेस्रो दिन, लिखु तामाकोशी र गोकुलगङ्गा गाउँपालिका फाईनलमा प्रवेश

Next Post

नेकपा (एकीकृत समाजवादी) रामेछापका वरिष्ठ नेता रमेशबाबु श्रेष्ठ बागमती प्रदेश कमिटी सदस्यमा मनोनित

सुनापति अनलाइन

सुनापति अनलाइन

सुनपाति अनलाइन रामेछापकाे सुनापतिबाट सञ्चालित न्यूज पाेर्टल हाे । ०७६ सालबाट सञ्चालन भइरहेकाे यस अनलाइनले स्थानीयखबरसहित हरेक प्रकारका समाचार सत्य, तथ्य र निष्षक्ष तरिकाले प्रकाशन गर्दै आइरहेकाे छ ।

Next Post
नेकपा (एकीकृत समाजवादी) रामेछापका वरिष्ठ नेता रमेशबाबु श्रेष्ठ बागमती प्रदेश कमिटी सदस्यमा मनोनित

नेकपा (एकीकृत समाजवादी) रामेछापका वरिष्ठ नेता रमेशबाबु श्रेष्ठ बागमती प्रदेश कमिटी सदस्यमा मनोनित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

रामेछाप नेकपा एसको तेस्रो जिल्ला बैठक सम्पन्न, संघको टिकटको लागि तिन जना सिफारिस

रामेछाप नेकपा एसको तेस्रो जिल्ला बैठक सम्पन्न, संघको टिकटको लागि तिन जना सिफारिस

August 20, 2022
सुनापति गाउँपालिकामा माओवादी केन्द्रको एकलौटी जित निश्चित : चण्डेश्वर चौलागाईं (अध्यक्ष उम्मेद्वार)

सुनापति गाउँपालिकामा माओवादी केन्द्रको एकलौटी जित निश्चित : चण्डेश्वर चौलागाईं (अध्यक्ष उम्मेद्वार)

May 8, 2022
हिलेदेविको विकासमा माओवादी बाहेकको विकल्प छैन : कुल बहादुर थिङ (अध्यक्ष उम्मेद्वार)

हिलेदेविको विकासमा माओवादी बाहेकको विकल्प छैन : कुल बहादुर थिङ (अध्यक्ष उम्मेद्वार)

May 6, 2022
नेकाप (एकीकृत समाजवादी) रामेछाप पुरानागाउँको वडा कमिटी गठन

नेकाप (एकीकृत समाजवादी) रामेछाप पुरानागाउँको वडा कमिटी गठन

March 27, 2022
रामेछाप बसेरीका घिमिरे नेकपा (एकीकृत समाजवादी) मा प्रवेश

रामेछाप बसेरीका घिमिरे नेकपा (एकीकृत समाजवादी) मा प्रवेश

March 26, 2022
नेकपा (एकीकृत समाजवादी) रामेछापका वरिष्ठ नेता रमेशबाबु श्रेष्ठ बागमती प्रदेश कमिटी सदस्यमा मनोनित

नेकपा (एकीकृत समाजवादी) रामेछापका वरिष्ठ नेता रमेशबाबु श्रेष्ठ बागमती प्रदेश कमिटी सदस्यमा मनोनित

March 23, 2022

लाेकप्रिय

  • सुनपाती गाउँपालिका ३ नम्बर वडा कार्यालयद्वारा मास्क, सेनीटाईजर तथा डेटोल साबुन वितरण

    सुनपाती गाउँपालिका ३ नम्बर वडा कार्यालयद्वारा मास्क, सेनीटाईजर तथा डेटोल साबुन वितरण

    124 shares
    Share 50 Tweet 31
  • नेकपा (एकीकृत समाजवादी) गुन्सिको अध्यक्षमा चौलागाईं

    112 shares
    Share 45 Tweet 28
  • सुनापति गाउँपालिकामा ५५ फिटे सेतो मछिन्द्रनाथको मुर्ति बन्ने

    67 shares
    Share 27 Tweet 17
  • नेपाली कांग्रेस महालक्ष्मी नगर समितिद्वारा निशुल्क साबुन वितरण

    62 shares
    Share 25 Tweet 16
  • सुनापति गाउँपालिकामा तिब्र रुपमा बढ्दै कोरोना संक्रमित, यस्तो छ स्थानिय सरकारको तयारी

    60 shares
    Share 24 Tweet 15
Sunapationline

We bring you the best Premium WordPress Themes that perfect for news, magazine, personal blog, etc. Check our landing page for details.

Follow Us

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Sunapati Media Pvt. Ltd (Sunapationline) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य
  • समाचार
  • पर्यटन
  • विचार / ब्लग
  • चलचित्र
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका

© Sunapati Media Pvt. Ltd (Sunapationline) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist