• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunapationline
  • गृह
  • मुख्य
  • समाचार
  • पर्यटन
  • विचार / ब्लग
  • चलचित्र
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • मुख्य
  • समाचार
  • पर्यटन
  • विचार / ब्लग
  • चलचित्र
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
No Result
View All Result
Sunapationline
No Result
View All Result
Home विविध

भाइटीकाको उत्तम साइत सार्वजनिक

सुनापति अनलाइन by सुनापति अनलाइन
November 9, 2020
in विविध, समाचार
0
भाइटीकाको उत्तम साइत सार्वजनिक
20
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं, २४ कात्तिक : नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११:३७ बजे दिएको छ। मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ।

राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए। यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि सुरु हुन्छ। त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ।

कात्तिक २८ गते काग तिहार परेको छ। यसैगरी धनवन्तरि जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको छ।कात्तिक २९ गते बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ। अपराह्न १:४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंसी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ।

सायंकालमा औँशी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ। औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक ३० गते बिहान गर्नुपर्नेछ। गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ३० गते गर्नुपर्ने शास्त्रीय वचन रहेको छ। कार्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्मपूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ।

आइतबार बिहान ११:२७ बजेसम्म औँसी तिथि छ। त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने हुन्छ। म्हपूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ। समितिले स्वीकृति दिने तीन पात्रो ९पञ्चाङ्ग० नेवार समुदायका पञ्चाङ्गकारले प्रकाशन गर्ने गरेका छन्।

सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशी नेवार समुदायकै पञ्चाङ्गकारले पनि कात्तिक ३० गते नै म्हपूजा गर्ने विषय आफ्ना पञ्चाङ्ग (पात्रो) मा उल्लेख गरेका छन्। भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ।

प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको अध्यक्ष गौतमले बताए। यसै दिनदेखि नेपाल संवत् ११४१ सुरु हुन्छ। शास्त्रीय विधिअनुसार भाइपूजा वा किजापूजा पनि मङ्सिर १ गते नै मनाइन्छ। मङ्सिर २ गते बिहान ७:०४ बजेसम्म मात्र द्वितीया तिथि छ।

शास्त्रीय वचनअनुसार मध्याह्नकालमा नै भाइटीका लगाइन्छ। यसैले मङ्सिर १ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ। नेवार समुदायका केही समूहले भने मङ्सिर २ गते भाइटीका लगाउने समाचार सार्वजनिक गरेका थिए।

मङ्सिर महिनामा भाइटीका परेकाले दाइलाई टीका लगाउनुहुन्न भनी केही मानिसले चर्चा गरे पनि त्यो शास्त्रसम्मत नरहको समितिले जनाएको छ। शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यस शब्दले दाजुभाइ दुवैलाई बुझाउने अध्यक्ष गौतमको भनाइ छ।

भाइटीका भनिए पनि ज्येष्ठको क्रमानुसार नै टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक मनाइन्छ। तिहारमा कार्तिक कृष्ण त्रयोदशीको साँझदेखि कार्तिक शुक्ल द्वितीयाको साँझसम्म यमदीप दान गरिन्छ।

यमदीप दान परिवारको सङ्ख्याका आधारमा नाम उच्चारण गरेर गरिन्छ। यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ। काग र कुकुरलाई पनि यमदूतका रुपमा मीठा परिकार खान दिएर खुशी बनाउने वैदिक परम्परा छ । जसबाट यमलोकमा सहयोग हुने विश्वास गरिन्छ।

 

Share8Tweet5Share2
Previous Post

कर नतिर्ने सूचीमा पूर्वमन्त्री गोकुल बाँस्कोटादेखि विनोद चौधरीसम्म

Next Post

थप १२ जना संक्रमितको मृत्यु

सुनापति अनलाइन

सुनापति अनलाइन

सुनपाति अनलाइन रामेछापकाे सुनापतिबाट सञ्चालित न्यूज पाेर्टल हाे । ०७६ सालबाट सञ्चालन भइरहेकाे यस अनलाइनले स्थानीयखबरसहित हरेक प्रकारका समाचार सत्य, तथ्य र निष्षक्ष तरिकाले प्रकाशन गर्दै आइरहेकाे छ ।

Next Post

थप १२ जना संक्रमितको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनापति गाउँपालिकामा माओवादी केन्द्रको एकलौटी जित निश्चित : चण्डेश्वर चौलागाईं (अध्यक्ष उम्मेद्वार)

सुनापति गाउँपालिकामा माओवादी केन्द्रको एकलौटी जित निश्चित : चण्डेश्वर चौलागाईं (अध्यक्ष उम्मेद्वार)

May 8, 2022
हिलेदेविको विकासमा माओवादी बाहेकको विकल्प छैन : कुल बहादुर थिङ (अध्यक्ष उम्मेद्वार)

हिलेदेविको विकासमा माओवादी बाहेकको विकल्प छैन : कुल बहादुर थिङ (अध्यक्ष उम्मेद्वार)

May 6, 2022
नेकाप (एकीकृत समाजवादी) रामेछाप पुरानागाउँको वडा कमिटी गठन

नेकाप (एकीकृत समाजवादी) रामेछाप पुरानागाउँको वडा कमिटी गठन

March 27, 2022
रामेछाप बसेरीका घिमिरे नेकपा (एकीकृत समाजवादी) मा प्रवेश

रामेछाप बसेरीका घिमिरे नेकपा (एकीकृत समाजवादी) मा प्रवेश

March 26, 2022
नेकपा (एकीकृत समाजवादी) रामेछापका वरिष्ठ नेता रमेशबाबु श्रेष्ठ बागमती प्रदेश कमिटी सदस्यमा मनोनित

नेकपा (एकीकृत समाजवादी) रामेछापका वरिष्ठ नेता रमेशबाबु श्रेष्ठ बागमती प्रदेश कमिटी सदस्यमा मनोनित

March 23, 2022
तेस्रो सुनापति गाउँपालिका अध्यक्ष कप २०७८ सम्पन्न लिखु तामाकोशिले हात पार्यो प्रथम उपाधी

तेस्रो सुनापति गाउँपालिका अध्यक्ष कप २०७८ सम्पन्न लिखु तामाकोशिले हात पार्यो प्रथम उपाधी

March 24, 2022

लाेकप्रिय

  • सुनपाती गाउँपालिका ३ नम्बर वडा कार्यालयद्वारा मास्क, सेनीटाईजर तथा डेटोल साबुन वितरण

    सुनपाती गाउँपालिका ३ नम्बर वडा कार्यालयद्वारा मास्क, सेनीटाईजर तथा डेटोल साबुन वितरण

    121 shares
    Share 48 Tweet 30
  • नेकपा (एकीकृत समाजवादी) गुन्सिको अध्यक्षमा चौलागाईं

    112 shares
    Share 45 Tweet 28
  • नेपाली कांग्रेस महालक्ष्मी नगर समितिद्वारा निशुल्क साबुन वितरण

    60 shares
    Share 24 Tweet 15
  • सुनापति गाउँपालिकामा ५५ फिटे सेतो मछिन्द्रनाथको मुर्ति बन्ने

    58 shares
    Share 23 Tweet 15
  • सुनापति गाउँपालिकामा तिब्र रुपमा बढ्दै कोरोना संक्रमित, यस्तो छ स्थानिय सरकारको तयारी

    49 shares
    Share 20 Tweet 12
Sunapationline

We bring you the best Premium WordPress Themes that perfect for news, magazine, personal blog, etc. Check our landing page for details.

Follow Us

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Sunapati Media Pvt. Ltd (Sunapationline) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य
  • समाचार
  • पर्यटन
  • विचार / ब्लग
  • चलचित्र
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका

© Sunapati Media Pvt. Ltd (Sunapationline) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist