• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunapationline
  • गृह
  • मुख्य
  • समाचार
  • पर्यटन
  • विचार / ब्लग
  • चलचित्र
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • मुख्य
  • समाचार
  • पर्यटन
  • विचार / ब्लग
  • चलचित्र
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
No Result
View All Result
Sunapationline
No Result
View All Result
Home पत्रपत्रिका

ओली आक्रामक, प्रचण्ड रक्षात्मक

सुनापति अनलाइन by सुनापति अनलाइन
November 9, 2020
in पत्रपत्रिका
0
यसकारण ओली र प्रचण्डबीचको विवाद चर्कियो
Share on FacebookShare on Twitter

काठमाडौँ – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको विवाद थप पेचिलो बन्दै गएको छ । बैठक बस्ने/नबस्ने विषयलाई लिएर शीर्ष नेतृत्वबीचको विवाद पुनः उत्कर्षमा पुगेको हो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालयको बैठक नबोलाउने अडान लिएसँगै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच नेताले अध्यक्ष ओलीलाई लिखितरुपमा नै पत्र बुझाएर तत्काल बैठक बोलाउन माग गरेका छन् ।

सचिवालयका बहुमत सदस्यले लिखितरुपमा नै बैठकको माग गरेपछि ओलीले पूर्वएमालेका नेताहरुलाई एकै ठाउँमा ल्याउने गृहकार्य अगाडि बढाउनुभएको छ । प्रचण्डसँग सम्बन्धमा दरार आएपछि यसअघि दुईपटक वरिष्ठ नेता माधवकुमार नेपालसँग छुट्टै भेटवार्ता गर्नुभएका ओलीले आइतबार पुनः नेपालसहित चार नेतासँग भेटवार्ता गर्नुभएको छ ।

ओलीले पार्टी गम्भीर मोडमा पुगेको भन्दै आफूलाई सहयोग गर्न आग्रह गरेको भेटमा सहभागी एक नेताले बताए । ती नेताले ओलीको भनाइ उद्धृत गर्दै भने– ‘पार्टीमा गम्भीर संकट देखापरेको छ, यस्तो बेला विवाद समाधान गरेर अगाडि बढ्न तपाईंको सहयोग चाहियो, हिजो पनि हामीले यो पार्टी निर्माण गरेका हांै, अब मिलेर अगाडि बढ्नुप¥यो ।’

जवाफमा नेता नेपालले पार्टीले गरेको निर्णय कार्यान्वयन नहुँदा अहिलेको अवस्था सृजना भएको बताउँदै ओलीलाई कार्यशैली सच्याउन आग्रह गर्नुभएको थियो । छलफलमा नेता भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायतको सहभागिता रहेको थियो ।

आइतबार दिउँसो साढे एक बजेदेखि सवा चार बजेसम्म ओलीले नेपालसहितका चार नेतासँग छलफल गर्नुभएको थियो । नेता भीम रावलले पार्टीभित्र उत्पन्न समस्या केकसो हो भनेर विचार आदानप्रदान भए पनि ठोसरुपमा कुनै पनि सहमति नभएको बताउनुभयो ।

शनिबार बालुवाटारमा ओली र सचिवालयका प्रचण्डसहितका ५ नेता माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीचको भेटवार्तामा चर्काचर्की भए पनि विना निष्कर्ष टुंगिएको थियो ।
अध्यक्ष ओलीलाई सचिवालय बैठक बोलाउनुपर्ने दबाब रहेको छ । पछिल्लो छलफल र भेटवार्तामा ओली आक्रामकरुपमा प्रस्तुत हुँदै आएको बताइएको छ ।

त्यसै गरी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला काठमाडौंका पूर्वएमालेहरुको भेला भएको छ । जिल्ला अध्यक्ष कृष्ण राईकै संयोजनमा भएको भेलालाई उपप्रधानमन्त्री रहेका नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले सम्बोधन गर्नुभएको हो ।

भेलालाई सम्बोधन गर्दै पोखरेलले पार्टीभित्रको जारी विवाद समाधान गर्न भूमिका खेल्न आग्रह गर्नुभएको थियो । पूर्वएमाले भेला भनिए पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने भेलामा सहभागी नभएको बताइएको छ ।

केही दिनअगाडि मात्रै अध्यक्ष ओलीले प्रदेश–१ का आफूनिकट नेतासँग भर्चुअल बैठक गर्नुभएको थियो । मदन भण्डारी फाउन्डेसनको ब्यानरमा प्रधानमन्त्रीले आफूनिकट नेतालाई सम्बोधन गरेपछि नेकपाभित्र असन्तुष्टि देखिँदै आएको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेकाे छ ।

 

Share1Tweet1Share
Previous Post

थप थप २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण

Next Post

कर नतिर्ने सूचीमा पूर्वमन्त्री गोकुल बाँस्कोटादेखि विनोद चौधरीसम्म

सुनापति अनलाइन

सुनापति अनलाइन

सुनपाति अनलाइन रामेछापकाे सुनापतिबाट सञ्चालित न्यूज पाेर्टल हाे । ०७६ सालबाट सञ्चालन भइरहेकाे यस अनलाइनले स्थानीयखबरसहित हरेक प्रकारका समाचार सत्य, तथ्य र निष्षक्ष तरिकाले प्रकाशन गर्दै आइरहेकाे छ ।

Next Post
कर नतिर्ने सूचीमा पूर्वमन्त्री गोकुल बाँस्कोटादेखि विनोद चौधरीसम्म

कर नतिर्ने सूचीमा पूर्वमन्त्री गोकुल बाँस्कोटादेखि विनोद चौधरीसम्म

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

‘माक्स लगाउ, कोरोनाबाट बचौं’ भन्दै विद्यार्थी संघ कोटेश्वर क्याम्पसद्वारा माक्स वितरण

‘माक्स लगाउ, कोरोनाबाट बचौं’ भन्दै विद्यार्थी संघ कोटेश्वर क्याम्पसद्वारा माक्स वितरण

December 6, 2020

थप २२ जना संक्रमितको निधन

November 20, 2020

सुनापती गाउँपालिका–४ बेथानमा बलेरो गाडी दुर्घटना हुँदा ११ वर्षीया बालिकाको मृत्यु

November 19, 2020
चिसो बढ्योः उपत्यकामा तापक्रम ६ डिग्रीमा झर्यो

चिसो बढ्योः उपत्यकामा तापक्रम ६ डिग्रीमा झर्यो

November 18, 2020
शैक्षिक संस्था खोल्नका लागि बाटो खुल्यो

शैक्षिक संस्था खोल्नका लागि बाटो खुल्यो

November 18, 2020

नेपालमा थप १ हजार ४ सय ४२ जनामा कोरोना

November 18, 2020

लाेकप्रिय

  • सुनपाती गाउँपालिका ३ नम्बर वडा कार्यालयद्वारा मास्क, सेनीटाईजर तथा डेटोल साबुन वितरण

    सुनपाती गाउँपालिका ३ नम्बर वडा कार्यालयद्वारा मास्क, सेनीटाईजर तथा डेटोल साबुन वितरण

    90 shares
    Share 36 Tweet 23
  • नेपाली कांग्रेस महालक्ष्मी नगर समितिद्वारा निशुल्क साबुन वितरण

    45 shares
    Share 18 Tweet 11
  • सुनापति गाउँपालिकाकी उपाध्यक्ष गिता विष्टको दशैँ-तिहार, छठ, र लोसार पर्वको शुभकामना सन्देश

    11 shares
    Share 4 Tweet 3
  • सुनापति गाउँपालिकामा ५५ फिटे सेतो मछिन्द्रनाथको मुर्ति बन्ने

    8 shares
    Share 3 Tweet 2
  • सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामाको दशैँ-तिहार शुभकामना सन्देश

    8 shares
    Share 3 Tweet 2

Recent Posts

  • ‘माक्स लगाउ, कोरोनाबाट बचौं’ भन्दै विद्यार्थी संघ कोटेश्वर क्याम्पसद्वारा माक्स वितरण
  • थप २२ जना संक्रमितको निधन
  • सुनापती गाउँपालिका–४ बेथानमा बलेरो गाडी दुर्घटना हुँदा ११ वर्षीया बालिकाको मृत्यु
  • चिसो बढ्योः उपत्यकामा तापक्रम ६ डिग्रीमा झर्यो
  • शैक्षिक संस्था खोल्नका लागि बाटो खुल्यो
Sunapationline

We bring you the best Premium WordPress Themes that perfect for news, magazine, personal blog, etc. Check our landing page for details.

Follow Us

Browse by Category

  • Apps
  • Business
  • English
  • Fashion
  • Food
  • Gadget
  • Gaming
  • Health
  • Lifestyle
  • Mobile
  • Movie
  • Music
  • News
  • Politics
  • Review
  • Science
  • Sports
  • Startup
  • Tech
  • Travel
  • Uncategorized
  • World
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • पत्रपत्रिका
  • मुख्य समाचार
  • विविध
  • समाचार
  • स्वास्थ्य

Recent News

‘माक्स लगाउ, कोरोनाबाट बचौं’ भन्दै विद्यार्थी संघ कोटेश्वर क्याम्पसद्वारा माक्स वितरण

‘माक्स लगाउ, कोरोनाबाट बचौं’ भन्दै विद्यार्थी संघ कोटेश्वर क्याम्पसद्वारा माक्स वितरण

December 6, 2020

थप २२ जना संक्रमितको निधन

November 20, 2020
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Sunapati Media Pvt. Ltd (Sunapationline) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य
  • समाचार
  • पर्यटन
  • विचार / ब्लग
  • चलचित्र
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका

© Sunapati Media Pvt. Ltd (Sunapationline) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist