२ चैत्र २०७८ काठमाण्डौ- नेकपा (एकीकृत समाजवादी) रामेछापको मन्थली नगरपालिका वडा न. ९ पुराना गाउँको वृहत कार्यकर्ता भेला तथा वडा कमिटी गठन कार्यक्रम सम्पन्न भएको छ।शनिबार आयोजितकार्यक्रममा मान बहादुर पुलामीको अध्यक्षतामा १९ सदस्यीय कमिटी गठन गरिएको हो।नेकपा (एकीकृत समाजवादी) पार्टीका पोलिटव्युरो सदस्य तथा रामेछाप जिल्ला इञ्चार्ज देवशंकर पौडेलको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा विशेष अतिथि पार्टीका पोलिटव्युरो सदस्य तथा रामेछाप जिल्ला सह इञ्चार्ज होम बहादुर बुढाथोकी, केन्द्रीय सदस्य झम्क कँडेल, जिल्ला अध्यक्ष तथा मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेत, अतिथिहरु जिल्ला कमिटीका सचिव लालसिङ घिसिङ, उपसचिव किरण मोक्तान, दिपक बुढाथोकी, मन्थली सहिद स्मृति क्याम्पसका स्ववियु सभापति कपिल मगर लगायत पार्टीका अन्य नेता कार्यकर्ताकोसाथै स्थानियहरुको उपस्तिथि रहेको थियो।