• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunapationline
  • गृह
  • मुख्य
  • समाचार
  • पर्यटन
  • विचार / ब्लग
  • चलचित्र
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • मुख्य
  • समाचार
  • पर्यटन
  • विचार / ब्लग
  • चलचित्र
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
No Result
View All Result
Sunapationline
No Result
View All Result
Home समाचार

राष्ट्रपतिमाथि ‘प्राङ्क’ भनिएको भिडियोविरुद्ध मुद्दा चलाउन मिल्छ : कानुनविद

सुनापति अनलाइन by सुनापति अनलाइन
September 12, 2021
in समाचार
0
राष्ट्रपतिमाथि ‘प्राङ्क’ भनिएको भिडियोविरुद्ध मुद्दा चलाउन मिल्छ : कानुनविद
Share on FacebookShare on Twitter

एक किशोरले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि प्राङ्क गरेको दाबी गरेका छन् । प्राङ्क भनिएको भिडियो रमाइलोमा मात्रै सीमित छैन । किशोरले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अश्लील मजाक गरिएको छ ।

तर, उनले सो भिडियोलाई रमाइलोका रुपमा मात्रै लिनुहोला भनेका छन् ।

भिडियोको थमनेलमै एकातिर राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीर राखेर उनको भनाई भन्दै पुलिस केस गर्छु तँलाई भन्ने राखिएको छ भने दायाँतर्फ किशोरको प्रश्नका रुपमा ‘केपी ओलीसँग जोडेर प्रश्न गरिएको छ र त्यसैको थमनेलको प्रयोग गरिएको छ ।

८ मिनेट ३७ सेकेण्डको भिडियोमा विद्यादेवी भण्डारी भन्दै महिलाको जस्तो सुनिने आवाजमा प्राङ्क गरिएको छ । १ मिनेटबाट राष्ट्रपतिलाई फोन गरिएको जस्तो देखाइन्छ । सुरुमा फोन गएको रिङ ब्याक टोन बजाइन्छ र १ मिनेट २९ सेकेण्डमा उताको फोन उठेको देखिन्छ । त्यसपछि सुरुमै किशोरले विद्यादेवी भण्डारी बोलिराख्नु भा’छ भन्दै प्रश्न गर्छन् । यता, विद्यादेवी भण्डारी नै बालिराछु भन्नुहोस् भन्दै उत्तर आउँछ ।

अनि किशोरले आफू पोखराबाट पत्रकार बोलेको भन्दै सुनाउँछन् । महिलाको जस्तो सुनिने आवाजमा पोखराबाट पत्रकार बोल्दै हुनुहुन्छ भन्दै प्रश्न गरिन्छ । अनि किशोरले आफू पोखराबाट पत्रकार नै बोलेको जवाफ दिन्छन् । त्यसपछि किशोरले सुरुमै महङ्गो गलैँचा र २५ करोडको कारको कुरा के हो भनेर सोध्छन् ।

उताबाट त्यो हल्लामात्रै भएको र त्यसमा कुनै सत्यता नभएको जवाफ आउँछ । अनि तपाइँ को बोलेको भनेर फेरि प्रश्न गरिन्छ । त्यसपछि किशोरले आफू समीर पत्रकार भएको बताउँछन् । अनि फेरि किशोरले २५ करोडकै कारको प्रश्न गर्छन् र त्यसको जवाफमा त्यो सबै हावा कुरा भएको र ट्रोल मात्रै बनाइएको जवाफ आउँछ ।

कुराकानीकै क्रममा किशोरले विद्यादेवी भण्डारीलाई तपाई र केपी ओलीको सम्बन्ध गाढा छ भन्ने सुनिन्छ के हो ? भनी प्रश्न गर्छन् । जवाफमा महिलाको जस्तो सुनिने आवाजबाट आफू राष्ट्रपति भएको र केपी ओली प्रधानमन्त्री हुँदा राष्ट्रपति र प्रधानमन्त्रीले गर्नुपर्ने कुराहरु, सर सल्लाह आदिका कारण भेटघाट भइरहने भएकाले उहाँ (केपी ओली) आफूसँग नजिक भएको जवाफ आउँछ । त्यसै कारणले मानिसहरुले नराम्रो ट्रोल बनाएको कुरा उताबाट आउँछ । अनि यी कुराहरुलाई बिर्सिदिउँ भन्दै जवाफ आउँछ ।

तर, किशोरले फेरि प्रश्न गर्छन्, ‘बिर्सिदिउँ भन्दा पनि तपाईँ र ….बीच गाढै सम्बन्ध छ भन्ने कुरा आइराथ्यो, त्यही भएर’ … । त्यसपछि उताबाट जवाफ आउँछ, ‘उहाँलाई म सम्मान गर्छु, उहाँ प्रधानमन्त्री जस्तो मान्छे । उहाँलाई म दाइजस्तो मान्छु भनेर प्रतिक्रिया आउँछ । त्यसपछि फेरि किशोरले सोध्छन् कि के तपाई दाइ सोच्नुहुन्छ भनेपछि …?

उताबाट फेरि दाइ नै सोच्छु भनेर उत्तर आउँछ । त्यसपछि किशोरले अर्को प्रश्न गर्छन् कि तपाईले दाइ भन्दाखेरि केपी ओली जी लाई हर्ट होला नि ? त्यसपछि उताबाट जवाफ आउँछ, ‘कस्तो कुरा गर्नुहुन्छ तपाईँ पत्रकार साथी भएर ?’ फेरि किशोरले तपाइँले दाइ भन्दा केपी ओलीजीलाई मन दुख्न सक्छ भनेर …’ भन्दै प्रश्न गरेका छन् ।

अनि तपाइँले त्यही प्रश्न सोध्नका लागि तपाईले फोन गर्नुभएको हो भने फोन राखिदिनुहोला धन्यवाद भन्दै फोन राखिन्छ । त्यसपछि फेरि किशोरले सम्पर्क गर्छन् र एउटा रमाइलो प्रयांक भिडियो बनाउन लागेको बताउँछन् । उताबाट रमाइलो कोसँग गर्ने, त्यो कुरा सोचेर मात्रै फोन गर्नुहोस् भन्ने जवाफ आउँछ । भिडियोको अन्तिममा राष्ट्रपति भन्दै कुरा गर्ने व्यक्ति सुदिप भएको बताइन्छ र यो भिडियोले दर्शकलाई प्राङ्क गरेको दाबी गरिन्छ ।

यो त भयो भिडियोको कुरा । अब प्रश्नचाहिँ प्राङ्क कोसँग कसरी गर्न पाउने, राष्ट्रपति मजाकको पात्र हुन् कि होइनन् भन्ने विषयमा कुरा गरौं ।

राष्ट्रपति हेड अफ स्टेट अर्थात् राष्ट्र प्रमुख हुन् र संविधानको संरक्षक पनि हुन् । राष्ट्र प्रमुखमाथि प्रयांक वा राष्ट्रप्रमुखको नाममा क्यारिकेचर गरेर बनाइने भिडियो वा असभ्य शब्दावलीको प्रयोगलाई रमाइलोकै रुपमा लिन मिल्ला ? के राष्ट्रपति मजाककै पात्र हुन् त ?

यस सम्बन्धमा मंगलबार साँझ राष्ट्रपति कार्यालयका अधिकारीसँग कुराकानी गर्दा भिडियोमा गम्भीर आपत्ति रहेको र यस सम्बन्धमा भोलि (बुधबार) छलफल गरेर एक्सन लिने बताएका थिए । तर, बिहीबार साँझ सम्पर्क गर्दा पनि राष्ट्रपति कार्यालयले यो भिडियोबारे अध्ययन गरिरहेको भन्दै के गर्ने भनेर छलफल भइरहेको बताए । यद्यपि भिडियोप्रति आपत्ति रहेको ती अधिकारीले बताए ।

‘सरकारले मुद्दा चलाउन मिल्छ’

यस सम्बन्धमा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई यो अपराध भएको भन्दै प्रहरीले अनुसन्धान गरी सरकारी वकिलको राय लिएर मुद्दा चलाउनुपर्ने बताउँछन् । रातोपाटी अनलाइनपोर्टलसँग सक्षिप्त कुराकानी गर्दै अधिवक्ता भट्टराईले राष्ट्रपति मात्रै नभएर सामान्य नागरिक विरुद्ध पनि अफवाह फैलिने, निराधार र झुट्टा आरोप लाग्ने सामग्री प्रकाशन वा विद्युतीय माध्यमबाट प्रसारण गरेपनि त्यो वैयक्तिक स्वतन्त्रताको विरुद्धमा हुने भएकाले कारवाही हुने बताए ।

भट्टराईले भने, ‘राष्ट्रपति मात्रै होइन, कुनै नागरिकका विरुद्धमा पनि अफवाह फैलिने प्रकृतिका, निराधार, झुट्टा आरोप लगाएर विद्युतीय माध्यमबाट प्रसारण गर्न पाइँदैन । कुनैपनि नागरिकका विरुद्धमा पाइँदैन, त्यो संविधानले प्रत्याभूत गरेको वैयक्तिक स्वतन्त्रताको विरुद्धमा हुन्छ ।

संविधानले प्रत्येक व्यक्तिको जिउ धन, आवास र शरीरको अनतिक्रम्य हुनेछ भनी उल्लेख गरेको छ । त्यसकारण त्यो अनतिक्रम्य हुनेछ र त्यो व्यक्तिका विरुद्धमा पनि गर्न पाइँदैन । राष्ट्रपतिका विरुद्ध गरियो भने त्यो थप गम्भीर विषय हुनेछ, गैरकानुनी र गैर संवैधानिक विषय हुनेछ । यो विचार र अभिव्यक्तिको स्वतन्त्रताको नाममा हाम्रो संविधान, कानुन, सम्पदा र संस्कृतिलाई तोड्ने काम हो, यो दण्डनीय छ ।’

स्रोत : रातोपाटीबाट 

ShareTweetShare
Previous Post

तरुण विभाग केन्द्रिय प्रचार तथा प्रकाशन समन्वय सदस्य बने रामेछापका कांग्रेस नेता खड्का

Next Post

एमाले कार्यकर्ताद्वारा नेकपा (माओवादी केन्द्र) का सुनापति गाउँपालिका सदस्य तथा निर्वाचित वडा सदस्यमाथि निर्घात कुटपिट

सुनापति अनलाइन

सुनापति अनलाइन

सुनपाति अनलाइन रामेछापकाे सुनापतिबाट सञ्चालित न्यूज पाेर्टल हाे । ०७६ सालबाट सञ्चालन भइरहेकाे यस अनलाइनले स्थानीयखबरसहित हरेक प्रकारका समाचार सत्य, तथ्य र निष्षक्ष तरिकाले प्रकाशन गर्दै आइरहेकाे छ ।

Next Post
एमाले कार्यकर्ताद्वारा नेकपा (माओवादी केन्द्र) का सुनापति गाउँपालिका सदस्य तथा निर्वाचित वडा सदस्यमाथि निर्घात कुटपिट

एमाले कार्यकर्ताद्वारा नेकपा (माओवादी केन्द्र) का सुनापति गाउँपालिका सदस्य तथा निर्वाचित वडा सदस्यमाथि निर्घात कुटपिट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

रामेछाप नेकपा एसको तेस्रो जिल्ला बैठक सम्पन्न, संघको टिकटको लागि तिन जना सिफारिस

रामेछाप नेकपा एसको तेस्रो जिल्ला बैठक सम्पन्न, संघको टिकटको लागि तिन जना सिफारिस

August 20, 2022
सुनापति गाउँपालिकामा माओवादी केन्द्रको एकलौटी जित निश्चित : चण्डेश्वर चौलागाईं (अध्यक्ष उम्मेद्वार)

सुनापति गाउँपालिकामा माओवादी केन्द्रको एकलौटी जित निश्चित : चण्डेश्वर चौलागाईं (अध्यक्ष उम्मेद्वार)

May 8, 2022
हिलेदेविको विकासमा माओवादी बाहेकको विकल्प छैन : कुल बहादुर थिङ (अध्यक्ष उम्मेद्वार)

हिलेदेविको विकासमा माओवादी बाहेकको विकल्प छैन : कुल बहादुर थिङ (अध्यक्ष उम्मेद्वार)

May 6, 2022
नेकाप (एकीकृत समाजवादी) रामेछाप पुरानागाउँको वडा कमिटी गठन

नेकाप (एकीकृत समाजवादी) रामेछाप पुरानागाउँको वडा कमिटी गठन

March 27, 2022
रामेछाप बसेरीका घिमिरे नेकपा (एकीकृत समाजवादी) मा प्रवेश

रामेछाप बसेरीका घिमिरे नेकपा (एकीकृत समाजवादी) मा प्रवेश

March 26, 2022
नेकपा (एकीकृत समाजवादी) रामेछापका वरिष्ठ नेता रमेशबाबु श्रेष्ठ बागमती प्रदेश कमिटी सदस्यमा मनोनित

नेकपा (एकीकृत समाजवादी) रामेछापका वरिष्ठ नेता रमेशबाबु श्रेष्ठ बागमती प्रदेश कमिटी सदस्यमा मनोनित

March 23, 2022

लाेकप्रिय

  • सुनपाती गाउँपालिका ३ नम्बर वडा कार्यालयद्वारा मास्क, सेनीटाईजर तथा डेटोल साबुन वितरण

    सुनपाती गाउँपालिका ३ नम्बर वडा कार्यालयद्वारा मास्क, सेनीटाईजर तथा डेटोल साबुन वितरण

    124 shares
    Share 50 Tweet 31
  • नेकपा (एकीकृत समाजवादी) गुन्सिको अध्यक्षमा चौलागाईं

    112 shares
    Share 45 Tweet 28
  • सुनापति गाउँपालिकामा ५५ फिटे सेतो मछिन्द्रनाथको मुर्ति बन्ने

    66 shares
    Share 26 Tweet 17
  • नेपाली कांग्रेस महालक्ष्मी नगर समितिद्वारा निशुल्क साबुन वितरण

    62 shares
    Share 25 Tweet 16
  • सुनापति गाउँपालिकामा तिब्र रुपमा बढ्दै कोरोना संक्रमित, यस्तो छ स्थानिय सरकारको तयारी

    60 shares
    Share 24 Tweet 15
Sunapationline

We bring you the best Premium WordPress Themes that perfect for news, magazine, personal blog, etc. Check our landing page for details.

Follow Us

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Sunapati Media Pvt. Ltd (Sunapationline) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य
  • समाचार
  • पर्यटन
  • विचार / ब्लग
  • चलचित्र
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका

© Sunapati Media Pvt. Ltd (Sunapationline) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist