• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunapationline
  • गृह
  • मुख्य
  • समाचार
  • पर्यटन
  • विचार / ब्लग
  • चलचित्र
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • मुख्य
  • समाचार
  • पर्यटन
  • विचार / ब्लग
  • चलचित्र
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
No Result
View All Result
Sunapationline
No Result
View All Result
Home समाचार

मेलम्ची खानेपानी आयोजनामा १ अर्बको क्षति

सुनापति अनलाइन by सुनापति अनलाइन
June 23, 2021
in समाचार
0
मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङ सुरक्षित
11
SHARES
Share on FacebookShare on Twitter

९ असार, काठमाडौं । गत साताको निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा रु एक अर्बभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’ बाहेक अरू संरचनामा क्षति पुगेको र निर्माण सामग्री र कर्मचारी बस्न बनाइएका संरचना बगाएको छ ।

अहिलेसम्म प्राविधिकहरू अम्बाथान नै भने पुग्न नसकेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार मङ्गलबार आयोजनाका डिभिजनल इन्जिनीयर लगायतको टोली चनौटेबाट झण्डै सातआठ घण्टा पैदल हिँडेर गएको थियो ।

 

त्यहाँसम्म पुग्ने सडक र पुल बाढीले बगाएकाले अम्बाथानसम्म पुग्न कठिन भएको छ । उनले भने, ‘प्रारम्भिक अनुमान अनुसार सुरुङ र हेडवर्कबाहेक अरू संरचनामा धेरै क्षति पुगेको छ।’

निर्माणस्थलमा रहेका बालुवा, गिट्टीलगायत सबै निर्माण सामग्री र भण्डारण गर्ने ठाउँ नै बगाएको आयोजनाले जनाएको छ । त्यहाँ नै बसेर काम गर्नेका लागि बस्ने क्याम्प त्यहाँ रहेका खानेपानी, शौचालयलगायत सबै संरचना बगाएको छ ।

निर्माण व्यवसायीका उपकरण बगाएको सूचना अधिकारी पन्तले बताए । उनका अनुसार निर्माणस्थलमा पुगेको क्षतिले खर्च मात्रै बढाएको भन्दा त्यसलाई सफा गर्न समय बढी लाग्ने देखिन्छ । उनले भने, ‘कति समयमा सफा गरेर क्षति मर्मत गर्न सकिन्छ भन्ने अझैसम्म अनुमान गर्न सकिएको छैन ।’

निर्माणस्थलसम्म पुग्न सडक र पुल बगाएकाले पनि निर्माणस्थलमा काम गर्न कठिन हुने प्रवक्ता पन्तले बताए । उनका अनुसार त्यहाँको मर्मत र बाँकी काम सम्पन्न गर्न खानेपानी मन्त्रालयले सहजीकरण गरिरहेको छ ।

प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायमा निर्देशन भएमा तत्काल बेलिब्रिज राखेर काम अघि बढाउन सकिन्छ । आयोजनाले त्यहाँका पालिकाहरू र वडासँगको समन्वयमा सडक खुलाउन पहल गरिरहेको छ ।

मुख्य संरचनामा क्षति नपुगे पनि अम्बाथान अडिट सुरुङमा गिट्टी बालुवा पसेकाले तत्काल त्यो सफा गर्नुपर्ने देखिएको आयोजनाले जनाएको छ । सुरुङको परीक्षणका लागि पहिले प्रवेशमार्ग (सडक) बनाउन आवश्यक रहेको उनले बताए ।

आयोजनाको सुन्दरीजलमा रहेका संरचनामा कुनै क्षति पुगेको छैन भने अम्बाथानमा समस्या रहेको छ । अडिट सुरुङ टालिएकामा त्यो सफा गर्न प्रवेशमार्ग र पुल चाहिने उनले बताए । उनले भने, ‘पुल र सडकका विषयमा हामीले सेना र सडक विभागलाई भनिरहेका छौँ ।’

सुरुङको परीक्षण सम्पन्न गरेर पहिले जसरी नै वैकल्पिक माध्यमबाट पानी ल्याउन सकिने सूचना अधिकारी पन्तले बताए । त्यसका लागि पनि अम्बाथानको अडिट सुरुङ खोल्नुपर्छ । अडिट सुरुङमा रहेको अवरोध हटाएपछि मुख्य सुरुङ चलाउन सकिन्छ ।

हेडवर्कमा कति क्षति भएको छ र सुधार गर्न कति समय लाग्छ त्यसैका आधारमा काठमाडौँमा कहिलेसम्म पानी आउने भन्ने निर्धारण हुने देखिएको छ । उनले भने, ‘आयोजना सम्पन्न भइनसकेर काम भइरहेकामा अहिले सम्पन्न गर्ने अवधि बढाएको छ ।’

अहिले बाढीका कारण वैकल्पिक पथान्तकरण प्रणाली (हेडवर्क डाइभर्सन सुरुङ) टालिएको छ । वैकल्पिक पथान्तरण गरेर पानी ल्याउन पनि वर्षा कट्नुपर्ने देखिएको उनले बताए ।

वर्षामा पानी हाल्न नसक्ने भएकाले मेलम्चीमा सफा पानी आएपछि वैकल्पिक पानी पथान्तरण चलाइने उनले बताए । उनले भने, ‘त्यसका लागि दुई साढे दुई महिना लाग्छ ।’

अम्बाथान अडिटको सुरुङ र हेडवर्क डाइभर्सन सुरुङ गरी दुई साता सुरुङ सफा गर्न सकेमा वैकल्पिक प्रणालीबाट काठमाडौँमा पानी ल्याउन सकिने आयोजनाले जनाएको छ ।

वैकल्पिक पथान्तरण प्रणालीबाट चलाउन पनि हेडवर्क डाइभर्सन सुरुङ सफा गर्नुपर्छ । सुरुङ कति टालिएको छ । सफा गर्न लाग्ने समय त्यसका आधारमा निर्भर हुने सूचना अधिकारी पन्तले बताए ।

बालुवाले मात्र टालिएमा कामदार मात्र लगेर सफा गर्न सकिने भए पनि ठूला ढुङ्गाले टालेको भएमा सफा गर्न उपकरण नै लैजानुपर्ने उनले बताए । उपकरण लैजान पनि सडक चाहिने भएकाले वडा, पालिका र सडक विभागलाई भनिएको छ । भदौसम्ममा पहुँचमार्ग बनेमा आयोजनाले काम अघि बढाउनेछ । जनशक्ति र उपकरण लगेर डाइभर्सन टर्नेल र अम्बाथान अडिट सफा गरिने उनले बताए । उनले भने, ‘भित्र समस्या नभए त्यसपछि पानी चलाउन सकिन्छ ।’रासस

 

Share4Tweet3Share1
Previous Post

निषेधाज्ञा उल्लंघन गर्ने २४ सय बढी सवारीसाधन नियन्त्रणमा

Next Post

सुनापतिमा चिया खेतीको लागि भब्य तयारी, कृषकमा जाग्यो उत्साह

सुनापति अनलाइन

सुनापति अनलाइन

सुनपाति अनलाइन रामेछापकाे सुनापतिबाट सञ्चालित न्यूज पाेर्टल हाे । ०७६ सालबाट सञ्चालन भइरहेकाे यस अनलाइनले स्थानीयखबरसहित हरेक प्रकारका समाचार सत्य, तथ्य र निष्षक्ष तरिकाले प्रकाशन गर्दै आइरहेकाे छ ।

Next Post
सुनापतिमा चिया खेतीको लागि भब्य तयारी, कृषकमा जाग्यो उत्साह

सुनापतिमा चिया खेतीको लागि भब्य तयारी, कृषकमा जाग्यो उत्साह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

रामेछाप नेकपा एसको तेस्रो जिल्ला बैठक सम्पन्न, संघको टिकटको लागि तिन जना सिफारिस

रामेछाप नेकपा एसको तेस्रो जिल्ला बैठक सम्पन्न, संघको टिकटको लागि तिन जना सिफारिस

August 20, 2022
सुनापति गाउँपालिकामा माओवादी केन्द्रको एकलौटी जित निश्चित : चण्डेश्वर चौलागाईं (अध्यक्ष उम्मेद्वार)

सुनापति गाउँपालिकामा माओवादी केन्द्रको एकलौटी जित निश्चित : चण्डेश्वर चौलागाईं (अध्यक्ष उम्मेद्वार)

May 8, 2022
हिलेदेविको विकासमा माओवादी बाहेकको विकल्प छैन : कुल बहादुर थिङ (अध्यक्ष उम्मेद्वार)

हिलेदेविको विकासमा माओवादी बाहेकको विकल्प छैन : कुल बहादुर थिङ (अध्यक्ष उम्मेद्वार)

May 6, 2022
नेकाप (एकीकृत समाजवादी) रामेछाप पुरानागाउँको वडा कमिटी गठन

नेकाप (एकीकृत समाजवादी) रामेछाप पुरानागाउँको वडा कमिटी गठन

March 27, 2022
रामेछाप बसेरीका घिमिरे नेकपा (एकीकृत समाजवादी) मा प्रवेश

रामेछाप बसेरीका घिमिरे नेकपा (एकीकृत समाजवादी) मा प्रवेश

March 26, 2022
नेकपा (एकीकृत समाजवादी) रामेछापका वरिष्ठ नेता रमेशबाबु श्रेष्ठ बागमती प्रदेश कमिटी सदस्यमा मनोनित

नेकपा (एकीकृत समाजवादी) रामेछापका वरिष्ठ नेता रमेशबाबु श्रेष्ठ बागमती प्रदेश कमिटी सदस्यमा मनोनित

March 23, 2022

लाेकप्रिय

  • सुनपाती गाउँपालिका ३ नम्बर वडा कार्यालयद्वारा मास्क, सेनीटाईजर तथा डेटोल साबुन वितरण

    सुनपाती गाउँपालिका ३ नम्बर वडा कार्यालयद्वारा मास्क, सेनीटाईजर तथा डेटोल साबुन वितरण

    124 shares
    Share 50 Tweet 31
  • नेकपा (एकीकृत समाजवादी) गुन्सिको अध्यक्षमा चौलागाईं

    112 shares
    Share 45 Tweet 28
  • सुनापति गाउँपालिकामा ५५ फिटे सेतो मछिन्द्रनाथको मुर्ति बन्ने

    67 shares
    Share 27 Tweet 17
  • नेपाली कांग्रेस महालक्ष्मी नगर समितिद्वारा निशुल्क साबुन वितरण

    62 shares
    Share 25 Tweet 16
  • सुनापति गाउँपालिकामा तिब्र रुपमा बढ्दै कोरोना संक्रमित, यस्तो छ स्थानिय सरकारको तयारी

    60 shares
    Share 24 Tweet 15
Sunapationline

We bring you the best Premium WordPress Themes that perfect for news, magazine, personal blog, etc. Check our landing page for details.

Follow Us

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Sunapati Media Pvt. Ltd (Sunapationline) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य
  • समाचार
  • पर्यटन
  • विचार / ब्लग
  • चलचित्र
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका

© Sunapati Media Pvt. Ltd (Sunapationline) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist