काठमाडौँ – थप २ हजार ७ सय ६८ जनामा कोभिड-१९ पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ६८ जनामा कोभिड-पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार २० जना संक्रमित निको भएका छन् । यससँगै नेपालमा कोभिडमुक्त हुने संख्या ५ लाख ४९ हजार 6 सय ८२ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ४४ जना संक्रमितको निधन भएको छ । यससँगै नेपालमा ८ हजार ६ सय ४१ जना संक्रमितको मृत्यु भएको छ ।