काठमाडौँ, असार ३ : समाचार प्रसारणको विषयलाई लिएर जनता टेलिभिजनकर्मीलाई धम्क्याएको प्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।
जनता टेलिभिजनको कार्यक्रम बाईलाईनमा जेठ ३१ गते प्रसारित कार्यक्रमको विषयलाई लिएर स्वघोषित सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीले पत्रकारद्धय शिखा श्रेष्ठ र धिरज बस्नेतलाई टेलिफोनबाट अपशब्द प्रयोग गर्दै धम्याएको घटनाप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
महासंघको तर्फबाट महासचिव रोशन पुरीले बुधबार विज्ञप्ति जारी गरी पत्रकारलाई धम्याईएको प्रति ध्यानाकर्षण भएको जनाएको हो । प्रसारित समाचार सामाग्रीप्रति चित्त नबुझे त्यसउपर कानुनी उपचार खोजिनुपर्नेमा पत्रकारलाई धम्याउनु आपत्तिजनक र प्रेस स्वतन्त्रता बिरोधी काम भएको विज्ञप्तिमा उल्लेख छ ।
महासंघले घटनाको छानविन गरि दोषीमाथि कानुनी कारवाही गर्न र पत्रकारको सुरक्षामा बिषेश ध्यान दिन सुरक्षा निकायसँग माग गरेको छ ।