असार २ गते, काठमाडौँ – पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २८ जनामा कोभिड-१९ पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २८ जनामा संक्रमण पुष्टि भएको हो ।
हालसम्म संक्रमित पुष्टि भएको संख्या ६ लाख ३७ हजार ४ सय ३३ जना पुगेको छ । बुधबार मन्त्रालयको पत्रकार सम्मेलनमा प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले परीक्षण दर घट्दै गएको जानकारी दिए ।
उनले भने, ‘परीक्षण गर्न आउनेको संख्या र संक्रमितको संख्या ओरालो लाग्दै गएको छ ।’ मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५२ जनाको मृत्यु भएको छ। यससँगै कोभिडबाट मृत्यु हुनेको संख्या ८ हजार ५ सय ५८ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार ८२ जना संक्रमणमुक्त भएका छन् । यससँगै कोभिडमुक्त हुने संख्या ५ लाख ४३ हजार ५ सय २१ जना पुगेको छ ।