काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाढी-पहिरो प्रभावितहरुको सेवामा जुट्न पार्टीका नेता-कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
प्रचण्डका प्रेस सल्लाहकार विष्णुप्रसाद सापकोटा (जुगल)का अनुसार प्रचण्डले बुधबार बिहान टेलिफोन गरी स्थानीय सरकार, जिल्ला प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा परिचालित हुन निर्देशन दिएका हुन् ।
केही दिनयताको अविरल वर्षाका कारण सिन्धुपाल्चोकसहित गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाहरुमा बढी क्षति पुगेको छ ।