चितवन – चितवनकी सविता भण्डारीले न्याय पाउनुपर्छ भन्दै प्लेकार्ड बोकेर माइतीघर मण्डलामा प्रदर्शन गरेका अभियन्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। राष्ट्रिय स्वयमसेवक नेपाल अभियानका अभियन्ताहरुले मंगलबार मण्डलामा प्रदर्शन गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो।
पिडित समूहले प्रहरीबाट छानबिन फितलो भएको कुरा आएपछि मृतक सबिताको न्यायका लागि सडकमा उत्रिएको एक अभियान्ताले बताए।
चितवनकी सविता भण्डारी वैशाख ४ गते दिनको ५ बजेतिर आफ्नै कोठाको झ्यालमा रहेको ग्रिलमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी थिइन । उनले आत्महत्या नगरेको र सुनियोजित ढंगले हत्या गरिएको सबिताका माइती पक्षको आरोप छ।