• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunapationline
  • गृह
  • मुख्य
  • समाचार
  • पर्यटन
  • विचार / ब्लग
  • चलचित्र
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • मुख्य
  • समाचार
  • पर्यटन
  • विचार / ब्लग
  • चलचित्र
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
No Result
View All Result
Sunapationline
No Result
View All Result
Home समाचार

निर्वाचन आयोगको निर्णय पूर्वाग्रहपूर्ण, कानुनी लडाईं लड्छौं : उपेन्द्र यादव

सुनापति अनलाइन by सुनापति अनलाइन
June 15, 2021
in समाचार
0
निर्वाचन आयोगको निर्णय पूर्वाग्रहपूर्ण, कानुनी लडाईं लड्छौं : उपेन्द्र यादव
Share on FacebookShare on Twitter

१ असार, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूले अर्का अध्यक्ष महन्थ ठाकुरसहित ४ जना नेतालाई गरेको कारबाहीलाई मान्यता नदिने निर्णयले निर्वाचन आयोगको तटस्थता र निष्पक्षतामा गम्भीर प्रश्न उठेको बताएका छन् ।

मंगलबार विज्ञप्ति जारी गर्दै उनले राजनीतिक दलको बहुमतको निर्णय मान्य हुने लोकतान्त्रिक मूल्य मान्यता, विधि र पद्धतिको सम्पूर्ण रुपले अवज्ञा, उपेक्षा र तिरस्कार गरिएको भन्दै आयोगको निर्णयप्रति विरोध जनाएका छन् ।

यादवले जेठ १७ गते जसपाको कार्यकारिणी समितिको बहुमतबाट अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासनको निर्णय गरी निर्वाचन आयोगमा रहेको दर्ता किताब सच्याउन पत्र दिएका थिए । त्यस्तै अर्का अध्यक्ष महन्थ ठाकुरले पनि यादवलाई निष्कासन गरी आयोगमा पत्र दिएका थिए, तर उनले केन्द्रीय कार्यकारिणी समितिको बहुमतको हस्ताक्षर बुझाउन सकेका थिएनन् ।

यो विवादमा जेठ ३० गतर् निर्णय गर्दै निर्वाचन आयोगले दुवै पक्षले गरेको निष्कासनको कारबाही अमान्य हुने निर्णय गरेको थियो । यादवले कार्यकारिणी समितिको बहुमतले निर्णय गर्दा पनि अस्वीकार गरिएको भन्दै विरोध जनाएका छन् ।

यादवले यस्ता निर्णयबाट पार्टीमा अनुशासनहीनता बढ्ने बताएका छन् । ‘निर्वाचन आयोगको उक्त निर्णयले राजनीतिक दलसम्बन्धी ऐन, २०७३, राजनीतिक दलसम्बन्धी नियमावली २०७४ र जसपा नेपालको अन्तरिम विधान २०७७ लाई आफ्नो सुविधाअनुसार बंग्याई अपब्याख्या गरी पार्टी विधान विपरीत काम गर्ने, दलको आचारसंहिता पालना नगर्ने, अराजक एवं अनुशासनहीन पदाधिकारी र कार्यकारिणी सदस्यलाई परोक्ष रुपमा वैधानिकता दिन खोजिएको जस्तो देखिन्छ, जुन कार्य विधिसम्मत देखिँदैन’ यादवले विज्ञप्तिमा भनेका छन् ।

यादवले आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी उपचार खोज्ने बताए । ‘निर्वाचन आयोगको उपरोक्त काम कारबाहीविरुद्ध राजनीतिक र कानुनी उपचारका लागि लडाईं जारी रहनेसमेत जानकारी गराउछौं’ यादवले भनेका छ

Share1Tweet1Share
Previous Post

आज सातवटै प्रदेश सरकारले बजेट सार्वजनिक गर्दै

Next Post

उपत्यकासहित १७ जिल्लामा आउँदो ७ गतेसम्म निषेधाज्ञा

सुनापति अनलाइन

सुनापति अनलाइन

सुनपाति अनलाइन रामेछापकाे सुनापतिबाट सञ्चालित न्यूज पाेर्टल हाे । ०७६ सालबाट सञ्चालन भइरहेकाे यस अनलाइनले स्थानीयखबरसहित हरेक प्रकारका समाचार सत्य, तथ्य र निष्षक्ष तरिकाले प्रकाशन गर्दै आइरहेकाे छ ।

Next Post
उपत्यकासहित १७ जिल्लामा आउँदो ७ गतेसम्म निषेधाज्ञा

उपत्यकासहित १७ जिल्लामा आउँदो ७ गतेसम्म निषेधाज्ञा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

रामेछाप नेकपा एसको तेस्रो जिल्ला बैठक सम्पन्न, संघको टिकटको लागि तिन जना सिफारिस

रामेछाप नेकपा एसको तेस्रो जिल्ला बैठक सम्पन्न, संघको टिकटको लागि तिन जना सिफारिस

August 20, 2022
सुनापति गाउँपालिकामा माओवादी केन्द्रको एकलौटी जित निश्चित : चण्डेश्वर चौलागाईं (अध्यक्ष उम्मेद्वार)

सुनापति गाउँपालिकामा माओवादी केन्द्रको एकलौटी जित निश्चित : चण्डेश्वर चौलागाईं (अध्यक्ष उम्मेद्वार)

May 8, 2022
हिलेदेविको विकासमा माओवादी बाहेकको विकल्प छैन : कुल बहादुर थिङ (अध्यक्ष उम्मेद्वार)

हिलेदेविको विकासमा माओवादी बाहेकको विकल्प छैन : कुल बहादुर थिङ (अध्यक्ष उम्मेद्वार)

May 6, 2022
नेकाप (एकीकृत समाजवादी) रामेछाप पुरानागाउँको वडा कमिटी गठन

नेकाप (एकीकृत समाजवादी) रामेछाप पुरानागाउँको वडा कमिटी गठन

March 27, 2022
रामेछाप बसेरीका घिमिरे नेकपा (एकीकृत समाजवादी) मा प्रवेश

रामेछाप बसेरीका घिमिरे नेकपा (एकीकृत समाजवादी) मा प्रवेश

March 26, 2022
नेकपा (एकीकृत समाजवादी) रामेछापका वरिष्ठ नेता रमेशबाबु श्रेष्ठ बागमती प्रदेश कमिटी सदस्यमा मनोनित

नेकपा (एकीकृत समाजवादी) रामेछापका वरिष्ठ नेता रमेशबाबु श्रेष्ठ बागमती प्रदेश कमिटी सदस्यमा मनोनित

March 23, 2022

लाेकप्रिय

  • सुनपाती गाउँपालिका ३ नम्बर वडा कार्यालयद्वारा मास्क, सेनीटाईजर तथा डेटोल साबुन वितरण

    सुनपाती गाउँपालिका ३ नम्बर वडा कार्यालयद्वारा मास्क, सेनीटाईजर तथा डेटोल साबुन वितरण

    124 shares
    Share 50 Tweet 31
  • नेकपा (एकीकृत समाजवादी) गुन्सिको अध्यक्षमा चौलागाईं

    112 shares
    Share 45 Tweet 28
  • सुनापति गाउँपालिकामा ५५ फिटे सेतो मछिन्द्रनाथको मुर्ति बन्ने

    67 shares
    Share 27 Tweet 17
  • नेपाली कांग्रेस महालक्ष्मी नगर समितिद्वारा निशुल्क साबुन वितरण

    62 shares
    Share 25 Tweet 16
  • सुनापति गाउँपालिकामा तिब्र रुपमा बढ्दै कोरोना संक्रमित, यस्तो छ स्थानिय सरकारको तयारी

    60 shares
    Share 24 Tweet 15
Sunapationline

We bring you the best Premium WordPress Themes that perfect for news, magazine, personal blog, etc. Check our landing page for details.

Follow Us

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Sunapati Media Pvt. Ltd (Sunapationline) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य
  • समाचार
  • पर्यटन
  • विचार / ब्लग
  • चलचित्र
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका

© Sunapati Media Pvt. Ltd (Sunapationline) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist