• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunapationline
  • गृह
  • मुख्य
  • समाचार
  • पर्यटन
  • विचार / ब्लग
  • चलचित्र
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • मुख्य
  • समाचार
  • पर्यटन
  • विचार / ब्लग
  • चलचित्र
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
No Result
View All Result
Sunapationline
No Result
View All Result
Home समाचार

बागमती प्रदेश : एमाले बजेटमा एकमत हुने कसरी सहमति भयो ?

सुनापति अनलाइन by सुनापति अनलाइन
June 14, 2021
in समाचार
0
बागमती प्रदेश : एमाले बजेटमा एकमत हुने कसरी सहमति भयो ?
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश संसदीय बोर्डले पार्टीका १४ जना प्रदेश सभाका सदस्य​सँग माग गरेको स्पष्टीकरण फिर्ता लिएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेटमा प्रदेश सभामा एकमत भएर जानुपर्ने बाध्यताका बीच एमाले प्रदेश संसदीय बोर्ड स्पष्टीकरण फिर्ता लिने निर्णयमा पुगेको हो ।

​स्पष्टीकरण फिर्ता लिएसँगै नीति तथा कार्यक्रममाथिको छलफलमा एमालेका केही प्रदेश सभा सदस्यले बैठकमा असन्तुष्टि व्यक्त गरे पनि नीति तथा कार्यक्रम स्वीकृतका लागि निर्णयार्थ पेस हुँदा एकमत भएका थिए ।​ नीति तथा कार्यक्रम प्रदेश सभाको बैठकबाट स्वीकृत गर्नुअघि मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा यहाँ बसेको संसदीय दलको बैठकमा स्पष्टीकरण फिर्ता लिने, नीति तथा कार्यक्रम र बजेटमा एकमत हुने र पार्टी नेतृत्वलाई नयाँ सन्देश दिने सहमति बनेको थियो ।

जेठ ६ गते भएको राष्ट्रिय सभा सदस्य​ उपनिर्वाचनमा एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापा बादललाई असहयोग गरेको भन्दै प्रदेश संसदीय बोर्डले जेठ ८ गते स्पष्टीकरण माग गरेको थियो राष्ट्रिय सभा सदस्य​ उम्मेदवार थापाविरुद्ध लागेर पार्टीका उम्मेदवार हराउन भूमिका निर्वाह गरेकाले किन कारबाही नगर्ने भन्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता अष्टलक्ष्मी शाक्यसहितका प्रदेश सभाका सदस्यहरुलाई जेठ ९ गतेभित्र बुझाइ सक्नुपर्ने गरी बोर्डले स्पष्टीकरण सोधेको थियो ।

निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमाले वरिष्ठ नेता नेपाल र जनता समाजवादी पार्टी (जसपा)ले साझा उम्मेदवारका रूपमा अघि सारेका स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा निर्वाचित भएका थिए । १४ जना प्रदेश सभाका सदस्यहरूले स्पष्टीकरण दिँदै राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा कसले कसलाई मतदान गर्यो भन्दै पूर्वानुमान गर्दै स्पष्टीकरण सोधिनु गैरकानुनी र अलोकतान्त्रिक भएको बताएका थिए ।

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले बागमती प्रदेश सभामा एमाले एक भएको, विवाद नरहेको र एकमत भएर जाने सन्देश दिएको दाबी गरे उनले स्पष्टीकरण फिर्ता लिएको भन्दै पुराना कुरा बिर्से संसदीय दल अब नयाँ शिराबाट अघि बढने बताए । आगामी असार १ गते प्रदेश सरकारको बजेट ल्याउन समेत एक हुने र बजेटमा नेपाल पक्षका प्रदेश सभाका सदस्यहरूको मागहरूको समेत सम्बोधन गर्ने सहमति भएको छ ।

नेपाल पक्षका प्रदेश सभाका सदस्य​ शान्तिप्रसाद पौडेलले प्रमाण नभएको विषयमा स्पष्टीकरण माग गरेकाले नै फिर्ता लिनुपर्ने अवस्था आएको बताए । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ४५ जना प्रदेश सभाका सदस्यले नेपाल पक्षका शाक्यलाई मुख्यमन्त्रीमा अघि सार्दै प्रदेश सभामा दर्ता गरेको अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । सर्वोच्च अदालतले साविकको नेकपालाई मान्यता नदिएर एमाले र नेकपा माओवादी केन्द्रका रुपमा रहने भएपछि अविश्वासको प्रस्ताव फिर्ता भएको थियो ।

एमाले प्रदेश सभामा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल निकटका प्रदेश सभाका सदस्यहरू विभाजित हुनुका साथै पार्टीमा समानान्तर गतिविधि सञ्चालन गर्दै आएका थिए । प्रदेश सभा सदस्यहरु अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, अरुण प्रसाद नेपाल, वसन्त मानन्धर, रचना खड्का, कृष्णप्रसाद शर्मा खनाल, शान्ति प्रसाद पौडेल, मुनु सिग्देल, इन्द्रमाया गुरुङ, मीना ज्ञवाली, वसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, कुसुम कुमार कार्की र पार्वती सिलवालसँग स्पष्टीकरण माग गरिएको थियो । – गोरखापत्र दैनिक

Share1Tweet1Share
Previous Post

वडा अध्यक्षसहित ५० जनामा कोरोना संक्रमण पुष्टि

Next Post

थप २९१८ जनामा कोभिड पुष्टि, ५३को मृत्यु

सुनापति अनलाइन

सुनापति अनलाइन

सुनपाति अनलाइन रामेछापकाे सुनापतिबाट सञ्चालित न्यूज पाेर्टल हाे । ०७६ सालबाट सञ्चालन भइरहेकाे यस अनलाइनले स्थानीयखबरसहित हरेक प्रकारका समाचार सत्य, तथ्य र निष्षक्ष तरिकाले प्रकाशन गर्दै आइरहेकाे छ ।

Next Post
थप २९१८ जनामा कोभिड पुष्टि, ५३को मृत्यु

थप २९१८ जनामा कोभिड पुष्टि, ५३को मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनापति गाउँपालिकामा माओवादी केन्द्रको एकलौटी जित निश्चित : चण्डेश्वर चौलागाईं (अध्यक्ष उम्मेद्वार)

सुनापति गाउँपालिकामा माओवादी केन्द्रको एकलौटी जित निश्चित : चण्डेश्वर चौलागाईं (अध्यक्ष उम्मेद्वार)

May 8, 2022
हिलेदेविको विकासमा माओवादी बाहेकको विकल्प छैन : कुल बहादुर थिङ (अध्यक्ष उम्मेद्वार)

हिलेदेविको विकासमा माओवादी बाहेकको विकल्प छैन : कुल बहादुर थिङ (अध्यक्ष उम्मेद्वार)

May 6, 2022
नेकाप (एकीकृत समाजवादी) रामेछाप पुरानागाउँको वडा कमिटी गठन

नेकाप (एकीकृत समाजवादी) रामेछाप पुरानागाउँको वडा कमिटी गठन

March 27, 2022
रामेछाप बसेरीका घिमिरे नेकपा (एकीकृत समाजवादी) मा प्रवेश

रामेछाप बसेरीका घिमिरे नेकपा (एकीकृत समाजवादी) मा प्रवेश

March 26, 2022
नेकपा (एकीकृत समाजवादी) रामेछापका वरिष्ठ नेता रमेशबाबु श्रेष्ठ बागमती प्रदेश कमिटी सदस्यमा मनोनित

नेकपा (एकीकृत समाजवादी) रामेछापका वरिष्ठ नेता रमेशबाबु श्रेष्ठ बागमती प्रदेश कमिटी सदस्यमा मनोनित

March 23, 2022
तेस्रो सुनापति गाउँपालिका अध्यक्ष कप २०७८ सम्पन्न लिखु तामाकोशिले हात पार्यो प्रथम उपाधी

तेस्रो सुनापति गाउँपालिका अध्यक्ष कप २०७८ सम्पन्न लिखु तामाकोशिले हात पार्यो प्रथम उपाधी

March 24, 2022

लाेकप्रिय

  • सुनपाती गाउँपालिका ३ नम्बर वडा कार्यालयद्वारा मास्क, सेनीटाईजर तथा डेटोल साबुन वितरण

    सुनपाती गाउँपालिका ३ नम्बर वडा कार्यालयद्वारा मास्क, सेनीटाईजर तथा डेटोल साबुन वितरण

    121 shares
    Share 48 Tweet 30
  • नेकपा (एकीकृत समाजवादी) गुन्सिको अध्यक्षमा चौलागाईं

    112 shares
    Share 45 Tweet 28
  • नेपाली कांग्रेस महालक्ष्मी नगर समितिद्वारा निशुल्क साबुन वितरण

    60 shares
    Share 24 Tweet 15
  • सुनापति गाउँपालिकामा ५५ फिटे सेतो मछिन्द्रनाथको मुर्ति बन्ने

    58 shares
    Share 23 Tweet 15
  • सुनापति गाउँपालिकामा तिब्र रुपमा बढ्दै कोरोना संक्रमित, यस्तो छ स्थानिय सरकारको तयारी

    49 shares
    Share 20 Tweet 12
Sunapationline

We bring you the best Premium WordPress Themes that perfect for news, magazine, personal blog, etc. Check our landing page for details.

Follow Us

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Sunapati Media Pvt. Ltd (Sunapationline) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य
  • समाचार
  • पर्यटन
  • विचार / ब्लग
  • चलचित्र
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका

© Sunapati Media Pvt. Ltd (Sunapationline) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist