काठमाडौं—नेपालमा थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा १ हजार ३ सय ६१ जना महिला र २ हजार १ सय ५३ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ लाख ३४ हजार ५३ जना रहेको छ।