काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण भएको मन्त्री नेम्बाङले जानकारी दिएका छन् ।
कोरोना पोजेटिभ भएसँगै उनी होम आइसोलेसनमा बसेको नेम्बाङका प्रेस संयोजक संयोजक सन्दीप राईले जानकारी दिएका छन् । मन्त्री नेम्वाङले आफूसँग सम्पर्कमा रहेकाहरुलाई पनि होसियारी अपनाउन अपिल गरेका छन् ।