काठमाडौं—थप ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४९ जनामा थप संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।
काठमाडौंमा मात्र १ हजार ६ सय ९२ , ललितपुरमा १ सय ८ र भक्तपुरमा १ सय ३५ जना नयाँ संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार हाल आइसीयुमा ३ सय १४ जना र भेन्टिलेटरमा ६८ जना संक्रमित उपचाररत छन्।
पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ६४ डिस्चार्ज भएका छन्।