काठमाडौं—नेपालमा थप २ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।
काठमाडौंमा ९ सय ९ , ललितपुरमा ३ सय ५ र भक्तपुरमा १ सय २ जना नयाँ संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १ सय ७४ डिस्चार्ज भएका छन्। हालसम्म संक्रमणमुक्त हुने संक्रमितको संख्या ८० हजार ९ सय ५४ रहेको मन्त्रालयले जनाएको छ।