ललितपुर । ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकामा नेपाली कांग्रेसद्वारा जनतालाई निशुल्क सावुन वितरण गरेको छ ।
कोभिड(१९को महामारी फैलिएसंगै शूक्रबार नेपाली कांग्रेस तथा महालक्ष्मी नगर समितिले प्रत्येकको घरदैलोमा पुगेर जनचेतनामुलक पर्चा सहित साबुन वितरण गरेको हो ।
महालक्ष्मी नगरपालिकाका नगर सभापति दिवाकर सिलवाल र नेपाली कांग्रेसका पुर्व सांसद रामकृष्ण चित्रकार लगायतका अन्य सहयोगी दाताहरुको पहलमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
कोभिड(१९को सन्त्रास जनतामा भईरहेकोले नागरिक तथा सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षाको निम्ति जनचेतनामुलक यस कार्य गरेको सभापति सिलवालले बताए ।