१२ चैत्र २०७८ काठमाण्डौ- नेकपा एमाले रामेछापको काठमाण्डौ–रामेछाप सम्पर्क कमिटिको सदस्य टंकप्रसाद घिमिरे नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन।शुक्रबार एक कार्यक्रम आयोजन गरि घिमिरे समाजवादीमा प्रवेश गरेका हुन।नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि अनवरत रुपमा क्रियाशील रहदै तत्कालिन २०५४ सालमा नेकपा एमालेबाट रामेछाप जिल्ला हिमगंगा गाविस वडा न. ५ (हाल रामेछाप नगरपालिका वडा न. ५ बसेरी) बाट वडा सदस्यमा निर्वाचित भै हाल नेकपा एमाले रामेछाप-काठमाण्डौ सम्पर्क मंचको सदस्यको जिम्मेवारीमा रही काम गर्दै आएका घिमिरेले एक बिज्ञप्ति जारि गर्दै नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका हुन।
शनिबार पुन: एक कार्यक्रम आयोजना गर्दै नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश कमिटि सदस्य रमेशबाबु श्रेष्ठ लगायत अन्य नेता कार्यकर्ताहरुले खादा लगाएर घिमिरेलाई स्वागत गरेका थिए।
नेकपा एमाले परित्यागगरि नेकपा ( एकीकृत समाजवादी) प्रवेश गर्दै गर्दा घिमिरेले जारि गरेको बिज्ञप्ति निम्न छ।