५ चैत्र २०७८ रामेछाप – नेकपा (एकीकृत समाजवादी) सुनापति १ गुन्सिमा वडा कमिटि गठन भएको छ।जिल्ला कमिटि सचिव लालसिङ घिसिङको प्रमुख आतिथ्यमा टंक प्रसाद चौलागाईंको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटि गठन गरिएको हो।
जसको उपाध्यक्षमा नवराज तिमल्सिना सचिवमा रामकुमार तितुङ उप-सचिव निमा घिसिङ रहेका छन।
कम्युनिष्ट आन्दोलनलाई अझ सशक्त ढंगले अगाडी बढाउने र जनताको समस्या समाधनाकालागी जनताको घरदैलोमा पुगी जनताको समस्यालाई आत्मासाथ गर्दै जनतासँग हातेमालो गर्दै जस्तो सुकै परिस्थितिमा पनि पछि नहट्नेमा आफुहरु दृढ रहेको नव गठित कमिटिका अध्यक्ष चौलागाईंले आफ्नो धारणा ब्यक्त गरे।
नेपालको कम्यिनिष्ट आन्दोलनलाई ध्वस्त बनाउने ओली प्रवृतिलाई परित्यागगरि नेकपा (एकीकृत समाजवादी) को सुरुवाती दिनदेखिनै पृथक ढंगले जनतामाझ पुगेको र यसलाई निरन्तरता दिने जिल्ला कमिटि सचिव घिसिङले नव गठित कमिटिलाई शुभकामना दिदै आफ्नो धारणा ब्यक्त गरे।