काठमाडौं – काठमाडौं उपत्यकाभित्र सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली हटेको छ । काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सवारी साधनमाथि लगाइएको जोरबिजोर प्रणाली हटाउने निर्णय गरेका छन्।
बैठकका अनुसार सार्वजनिक सवारी साधनमा स्वास्थ्य मापदण्ड भने कडाइको साथ पालना गर्नुपर्ने, मास्क अनिवार्य गर्नुपर्ने सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने गरी सार्वजनिक यातायात खुला गरिएको हो। तर, काठमाडौं उपत्यका भित्र प्रवेश गर्नेहरूले भने सम्बन्धित जिल्लाबाट जारी भएको प्रवेश अनुमति पत्र लिएर मात्र आउन पाउनेछन्।
यस्तै, जारी निषेधाज्ञा १० दिन थपिएको छ ।