रामेछाप -गाडी सुनापती गाउँपालिका–४ बेथानमा सडक दुर्घटना हुँदा ११ वर्षीया बालिकाको मृत्यु भएको छ। काठमाडौंबाट दोरम्बा गाउँपालिकातर्फ जाँदै गरेको बा १० च ५५९८ नम्बरको बलेरो गाडी बेथानमा दुर्घटना हुँदा ११ वर्षीया बालिका सहित ९ जना गम्भीर घाइते भएका छन्।
स्थानीयका अनुसार गाडीमा १२ जना सहभागी थिए । बलेरो गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएका पाँच जनालाई थप उपचारको लागि काठमाडौं पठाइएको र अन्यको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।