• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunapationline
  • गृह
  • मुख्य
  • समाचार
  • पर्यटन
  • विचार / ब्लग
  • चलचित्र
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • मुख्य
  • समाचार
  • पर्यटन
  • विचार / ब्लग
  • चलचित्र
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
No Result
View All Result
Sunapationline
No Result
View All Result
Home मुख्य समाचार

यसकारण ओली र प्रचण्डबीचको विवाद चर्कियो

सुनापति अनलाइन by सुनापति अनलाइन
November 8, 2020
in मुख्य समाचार, समाचार
0
यसकारण ओली र प्रचण्डबीचको विवाद चर्कियो
Share on FacebookShare on Twitter

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सरकार र पार्टीमा आ–आफ्नो पहुँच विस्तार तथा प्रभुत्व कायम गर्न खोज्दा आन्तरिक विवाद चर्किएको छ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले सरकारमा आवश्यक मन्त्रीलगायत नियुक्ति आफैंले गर्न पाउनुपर्ने तथा कार्यकारी अध्यक्ष दाहालले प्रधानमन्त्रीले मन्त्री बनाउँदा वा सरकारी नियुक्ति गर्दा पार्टीको सल्लाहमा गर्नुुपर्ने विषयलाई आ–आफ्नो प्रतिष्ठासँग जोडेका छन्। यही प्रतिष्ठाको विषयले ओली र दाहालबीच टकराव बढेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको छलफलमा ओली र दाहालबीच मन्त्रिपरिषद् पुनर्गठन, सरकार र पार्टी सञ्चालन, सरकारले गर्ने राजनीतिक नियुक्तिलगायत विषयमा भनाभन भयो। ओलीसँग छलफल गर्न दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, अर्का वरिष्ठ नेता झलनाथ खनाल, पार्टी उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ बालुवाटार पुगेका थिए।

दाहालसहितका नेताले ओलीलाई सचिवालय बैठक डाकेर विवादका विषयमा छलफल गरी निकास खोज्नुपर्ने बताएका थिए। यसै क्रममा सरकार र पार्टी सञ्चालन तथा राजनीतिक नियुक्तिको विषय उठेपछि ओली र दाहालबीच विवाद भएको छलफलमा सहभागी एक नेताले बताए।

ती नेताका अनुसार प्रधानमन्त्री ओलीले पार्टीभित्रैबाट सरकारविरुद्ध षड्यन्त्र भएको र दाहालले सरकारले राजनीतिक नियुक्तिलगायत काम गर्दा आफूहरूसँग नसोधेको बताएपछि धेरै बेर विवाद भएको थियो।

‘तपाईंहरू (दाहाल पक्षलाई लक्षित) गुट भेला गर्ने, सरकारविरुद्ध षड्यन्त्र गर्ने, जाली कुरा गर्ने, बाहिर ओलीले पार्टी फुटाउँछ भन्दै हिँड्ने’, ओलीलाई उद्धृत गर्दै ती नेताले भने, ‘ओलीले दाहाललाई जाली र झेली कुरा गरेको, सरकारविरुद्ध षड्यन्त्र गरेको, सरकारको काममा विभिन्न बहानामा हस्तक्षेप गर्न खोजेको आरोप लगाउनुभयो।’

प्रधानमन्त्री ओली कड्किएपछि दाहाल पनि उत्तेजित भएका थिए। दाहालले ओलीमाथि स्थायी कमिटीको निर्णय नमानेको, सचिवालय बैठक बोलाउन अस्वीकार गरेको, पार्टीबाट अलगअलग बसौं भनेको र मुलुकमा कोरोना महामारी बढिरहँदा राज्यशक्तिको दुरूपयोग गरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारलाई पनि आफ्नो समूहको अखडा बनाएको आरोप लगाए।

‘मैले धेरै पटक बैठक बसौं भनें तर तपाईं (ओली) ले मान्नुभएन, मन्त्री, राजदूत नियुक्तिजस्ता विषयमा स्थायी कमिटीले पार्टीका दुई अध्यक्षबीचको सल्लाहमा निर्णय लिने भनिएको थियो तर तपाईंले सल्लाह गर्नुभएन, पार्टीको अन्तरपार्टी निर्देशन जारी गर्ने बेलामा पनि तपाईंले आफ्नो उपस्थिति खोज्नुभयो र पार्टी निर्णय त्यहींबाट उल्लंघन भयो,’ दाहाललाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘यस्ता सबै विषय उल्लंघन गर्ने तपाईं जाली कि म जाली ?’

दाहालले प्रधानमन्त्री ओलीमाथि पार्टीलाई नसोधी एकलौटी निर्णय गरेको र सरकारमा आफूलाई मन परेकालाई मात्र सहभागी गराएर पार्टीको समेत बदनाम गर्न खोजेको आरोप लगाएका थिए। जबाफमा ओलीले सरकारको नेतृत्व पार्टी अध्यक्षले गरेकाले मन्त्री बनाउँदा र अन्य नियुक्तिको निर्णय गर्दा खासै अरूलाई सोधिरहनुनपर्ने बताएका थिए। उनले यस विषयमा केही नमिलेको भए केही दिनपछि सच्याउने पनि बताए।

स्रोतका अनुसार दाहाल–ओली भनाभन चर्कंदै गएपछि वरिष्ठ नेता नेपाल र उपाध्यक्ष गौतमले बीचमै बोलेर हस्तक्षेप गरेका थिए। नेपाल र गौतमले पार्टी कमिटी बैठकबाट कोही पनि भाग्न नमिल्ने र सबै विवादको निकास पार्टीका बैठकबाट खोजिनुपर्ने धारणा राखेका थिए। यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

Share1Tweet1Share
Previous Post

पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण

Next Post

राष्ट्रपतिमा हारेपछि ट्रम्पसँग सम्बन्धविच्छेद गर्दै पत्नी मेलानिया

सुनापति अनलाइन

सुनापति अनलाइन

सुनपाति अनलाइन रामेछापकाे सुनापतिबाट सञ्चालित न्यूज पाेर्टल हाे । ०७६ सालबाट सञ्चालन भइरहेकाे यस अनलाइनले स्थानीयखबरसहित हरेक प्रकारका समाचार सत्य, तथ्य र निष्षक्ष तरिकाले प्रकाशन गर्दै आइरहेकाे छ ।

Next Post
राष्ट्रपतिमा हारेपछि ट्रम्पसँग सम्बन्धविच्छेद गर्दै पत्नी मेलानिया

राष्ट्रपतिमा हारेपछि ट्रम्पसँग सम्बन्धविच्छेद गर्दै पत्नी मेलानिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनापति गाउँपालिकामा माओवादी केन्द्रको एकलौटी जित निश्चित : चण्डेश्वर चौलागाईं (अध्यक्ष उम्मेद्वार)

सुनापति गाउँपालिकामा माओवादी केन्द्रको एकलौटी जित निश्चित : चण्डेश्वर चौलागाईं (अध्यक्ष उम्मेद्वार)

May 8, 2022
हिलेदेविको विकासमा माओवादी बाहेकको विकल्प छैन : कुल बहादुर थिङ (अध्यक्ष उम्मेद्वार)

हिलेदेविको विकासमा माओवादी बाहेकको विकल्प छैन : कुल बहादुर थिङ (अध्यक्ष उम्मेद्वार)

May 6, 2022
नेकाप (एकीकृत समाजवादी) रामेछाप पुरानागाउँको वडा कमिटी गठन

नेकाप (एकीकृत समाजवादी) रामेछाप पुरानागाउँको वडा कमिटी गठन

March 27, 2022
रामेछाप बसेरीका घिमिरे नेकपा (एकीकृत समाजवादी) मा प्रवेश

रामेछाप बसेरीका घिमिरे नेकपा (एकीकृत समाजवादी) मा प्रवेश

March 26, 2022
नेकपा (एकीकृत समाजवादी) रामेछापका वरिष्ठ नेता रमेशबाबु श्रेष्ठ बागमती प्रदेश कमिटी सदस्यमा मनोनित

नेकपा (एकीकृत समाजवादी) रामेछापका वरिष्ठ नेता रमेशबाबु श्रेष्ठ बागमती प्रदेश कमिटी सदस्यमा मनोनित

March 23, 2022
तेस्रो सुनापति गाउँपालिका अध्यक्ष कप २०७८ सम्पन्न लिखु तामाकोशिले हात पार्यो प्रथम उपाधी

तेस्रो सुनापति गाउँपालिका अध्यक्ष कप २०७८ सम्पन्न लिखु तामाकोशिले हात पार्यो प्रथम उपाधी

March 24, 2022

लाेकप्रिय

  • सुनपाती गाउँपालिका ३ नम्बर वडा कार्यालयद्वारा मास्क, सेनीटाईजर तथा डेटोल साबुन वितरण

    सुनपाती गाउँपालिका ३ नम्बर वडा कार्यालयद्वारा मास्क, सेनीटाईजर तथा डेटोल साबुन वितरण

    121 shares
    Share 48 Tweet 30
  • नेकपा (एकीकृत समाजवादी) गुन्सिको अध्यक्षमा चौलागाईं

    112 shares
    Share 45 Tweet 28
  • नेपाली कांग्रेस महालक्ष्मी नगर समितिद्वारा निशुल्क साबुन वितरण

    60 shares
    Share 24 Tweet 15
  • सुनापति गाउँपालिकामा ५५ फिटे सेतो मछिन्द्रनाथको मुर्ति बन्ने

    58 shares
    Share 23 Tweet 15
  • सुनापति गाउँपालिकामा तिब्र रुपमा बढ्दै कोरोना संक्रमित, यस्तो छ स्थानिय सरकारको तयारी

    49 shares
    Share 20 Tweet 12
Sunapationline

We bring you the best Premium WordPress Themes that perfect for news, magazine, personal blog, etc. Check our landing page for details.

Follow Us

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Sunapati Media Pvt. Ltd (Sunapationline) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य
  • समाचार
  • पर्यटन
  • विचार / ब्लग
  • चलचित्र
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका

© Sunapati Media Pvt. Ltd (Sunapationline) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist