काठमाडौं—नेपालमा थप ३ हजार ७ सय ९० कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९० थप संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।
काठमाडौं उपत्यकामा सोमबार मात्र २ हजार ३ सय ८८ संक्रमित थपिएका छन् ।
यस्तै, हाल सक्रिय संक्रमिको संख्या ४० हजार ८ सय ७८ पुगेको छ।
पछिल्लो २४ घण्टामा २ हजार ३ सय ३५ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणमुक्त हुने दर ६९ दशमलब ५ प्रतिशत रहेको छ । हाल आइसीयुमा २ सय ८२ र भेन्टिलेटरमा ६३ जना संक्रमित उपचाररत छन्।