काठमाडौं– थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ५ हजार ८ जनामा कोरोना पुष्टि भएको हो ।
शनिबार काठमाडौं उपत्यकामा मात्रै एकैपटक २ हजार ६ सय ७२ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा मात्रै २ हजार १ सय कोरोना संक्रमण पाइएको छ। त्यस्तै, ललितपुरमा ३ सय ६९ जना र भक्तपुरमा २ सय ३ जनामा कोरोना पुष्टि भएको हो ।