ब्रसेल्समा बसेको नेटोको बैठकले रुसी सैनिकसँग चीनले सहकार्य गरेको आरोप पनि लगाएको छ । नेटो युरोप र उत्तर अमेरिकाका ३० शक्तिशाली देशबीचको सैन्य तथा राजनीतिक सहकार्यको सङ्गठन हो । कम्युनिस्ट शासनको विस्तार रोक्नका लागि दोस्रो विश्व युद्धपछि नेटोको स्थापना भएको हो ।
पछिल्ला वर्षहरुमा नेटोका नेताहरु बीचमै सङ्गठनको उद्देश्य र कोषको स्रोतलाई लिएर विवाद भएको छ । खासगरी अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि तनाव बढेको थियो । अमेरिकी राष्ट्रपति बनेपछि पहिलो पटक बैठकमा सहभागी भएका जो बाइडेनले भने ७२ वर्ष पुरानो सहकार्यमा अमेरिका पूर्ण शक्तिका साथ फर्किएको बताएका छन् ।