रामेछाप – सुनापति गाउँपालिका वडा नं. १ गुन्सीका वडा अध्यक्ष चण्डेश्वोर चौलागाईंसहित सोहि वडाका ५० जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ।
लगभग ८० जनाको हाराहारीमा कोरोना परिक्षण गरिएकोमा ५० जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको वडा अध्यक्ष चौलागाईंले जानकारी गराए।
संक्रमित मध्य केहीलाई सुनापतिको स्वास्थ्य कार्यालय गुन्सिमा राखिएको र वडा अध्यक्षसहित अन्य घरमै आईसोलेसनमा रहेको अध्यक्ष चौलागाईंले बताए । नागरिकहरुलाई सचेतभई बस्नुकोसाथै कोरोनालाई हेलचेक्राई नगर्न समेत वडा अध्यक्ष चण्डेश्वोर चौलागाईंले आग्रह गरेका छन्।